Comments Add Comment

दुवाकोटमा निर्माणाधीन वीर अस्पताल भवनको अवलोकनमा अर्थमन्त्री

बजेट अभाव नहुने आश्वासन

२७ माघ, काठमाडौं । अर्थमन्त्री विण्णु पौडेलले भुक्तपुरको दुवाकोटमा निर्माण भइरहेको वीर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीसँगै दुवाकोट पुगेका अर्थमन्त्री पौडेलले बिस्तारित वीर अस्पताल निर्माणका लागि आवश्यक पूर्वाधारको निर्माण कार्य अघि बढाउन समेत निर्देशन दिए । उनले विद्युत, सडक, खानेपानी, ढललगायत निर्माण कार्य अघि बढाउन निर्देशन दिएका हुन् ।

पूर्वाधार निर्माणका लागि बजेटको अभाव नहुने बताउँदै अर्थमन्त्री पौडेलले समन्वय गरी द्रुत गतिमा काम अघि बढाउन सडक विभाग, नेपाल विद्युत प्राधिकरण लगायतका निकायलाई निर्देशन दिएका छन् ।

उनले स्थानीय समुदायबाट समेत यसमा सहयोग प्राप्त हुने अपेक्षा गरेका छन् । पूर्वाधार निर्माणसँगसँगै विस्तृत परियोजना प्रतिवेदनको कार्य अघि बढाउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले त्यसपछि बिस्तारित वीर अस्पतालको निर्माण कार्य सुरु हुने उनले बताए ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बाटो, बिजुली, खानेपानी, ढल लगायतको काम छिटो सकेर अस्पताल निर्माण सुरु हुने जानकारी दिए । यसमा स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिड- १९ ले गर्दा अनुकुल वातावरण नभएको भन्दै अब बिस्तारित वीर अस्पताल बनाउने अभियानमा लाग्ने बताए । चिकित्सा राष्ट्रिय प्रतिष्ठन (न्याम्स)का उपकुलपति प्रा.डा. डीएन शहाले अहिले स्थिति सहज हुँदै गएकाले निर्माण कार्य अघि बढ्ने जानकारी दिए ।

चागुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले कोभिड-१९ का कारण बिस्तारित वीर अस्पताल निर्माणको गृहकार्य प्रभावित भएको भन्दै अब ढिलाई नगरी अघि बढाउने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment