+

राष्ट्रिय महिला लिग : विराटनगरसँग पुलिसले लियो बदला

२०७७ माघ  २७ गते १९:३८ २०७७ माघ २७ गते १९:३८
राष्ट्रिय महिला लिग : विराटनगरसँग पुलिसले लियो बदला

२७ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला फुटबल  लिगमा मोरङको विराटनगर महानगरपालिकालाई ३-० ले पराजित गरेको छ ।

पहिलो चरणमा विराटनगरसंग १-० ले पराजित भएको पुलिसले दोस्रो चरणको खेलमा त्यसको बदला लियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु थापाले दुई गोल गरिन् । यस्तै निर्मला उपाध्यायले एक गोल गरिन् ।

४१ औं मिनेटमा निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । निरुले ५७ औं र ६० औं मिनेटमा गोल गरिन् ।

जितपछि ८ खेलबाट ११ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लेको छ । वालिङको पनि ११ अंक नै छ । तर हेड टु हेडको आधारमा वालिङ तेस्रो स्थानमा छ ।

समान खेलबाट १० अंङ्कसहित विराटनगर पाँचौं स्थानमा छ ।

खेलकुद फुटबल राष्ट्रिय महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय