+
+

एलजी इलेक्ट्रोनिक्सले सीइएसको डिजिटल प्रतियोगितामा जित्यो अवार्डहरू

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १९:४२

सन् २०२१ सिइएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ। प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ। यस सिइएसमा १०,००० भन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता रहेको थियो । यस विशेष कार्यक्रममा आफ्ना घरयासी सामानहरु, मनोरंजन, आइ टि र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरुबाट सम्मानित भएको छ।

सिइएस उपभोक्ता टेक्नेलोजी संघद्वारा आयोजित वार्षिक ट्रेड शो हो । संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित शोमा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजिहरु प्रस्तुत गरेको थियो ।

एलजीलाई यो पहिचान र सम्मान इन्गेज्टको Best of CES अवार्ड (सिइएसको आधिकारिक अवार्ड कार्यक्रम) ले दिलाएको हो। टिभीको श्रेणीमा एलजी ओलेड ले लगातार सातौ वर्षमा पनि अवार्ड हात पार्यो भने उत्कृस्ट फोन तथा मोबाइल डिभाइसमा एलजी रोलेवल स्मार्ट फोनले उपाधिहरु हासिल गर्यो ।

त्यसैगरी एलजीको नयाँ Instaview Door-in-Door Refrigerators ले घरयासी सामानहरुको विधामा अवार्ड हात पार्यो ।

प्रविधिमा नवीनताका लागी सिटिए को आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सि.इ.एस. इननोवेशन अवार्डहरु पनि हासिल गरेको छ । उक्त अवार्डहरु LG को C1 OLED TV र InstaView Thin Refrigerator लाई प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?