Comments Add Comment

टाइगर कप भलिबल : पुरुषतर्फ पुलिसको सहज जित

२७ माघ, काठमाडौं । पोखरामा मंगलबार सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले स्थानीय टोली गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले पहिलो सेट प्रतिस्पर्धात्मक रुपमा २७-२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेट भने पुलिसले २५-२१, २५-२२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

मंगलबारै भएको महिलातर्फको खेलमा पुलिसले एपीएफमाथि ३-० को सेटमा शानदार जित हात पारेको थियो । यस्तै न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा हरायो ।

प्रतियोगिता अन्तर्गत बुधबार पुरुषतर्फ गण्डकी र आर्मी तथा नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच एक मात्र खेल हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ४-४ टिमले खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment