+
+

ओलीले बनाएका २ मन्त्री पनि फर्किन खोज्दैछन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १६:३८

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।

यो सबै देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।

प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताए । ‘हाम्रो भगवान नेपाली जनता हो । हामी तपाईको शरणमा छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?