५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापामा मारेर चार जनालाई पक्राउ गरेको छ । सशस्त्रले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीको एकघरबाट रेडलेबल, ब्ल्याक लेबलदेखि विभिन्न ब्रान्डका नक्कली मदिरासहित ती व्यक्ति पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरीको नेपाल इन्टेलीजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा चाँगाथलीस्थित बिर्खबहादुर तामाङको घरमा छापा मारेको जनाएको छ ।
पक्राउ परेकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।
सशस्त्रले सो स्थानबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्रामसमेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया 4