Comments Add Comment

ओलीले बनाएको आयोगले सुकुमबासीलाई जग्गा दिँदैन : प्रचण्ड

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुमबासीलाई जग्गा वितरण नगर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन सुकुमबासीलाई भ्रम छर्नका लागि मात्रै यो आयोग बनाएको उनको दाबी छ । काठमाडौंमा बुधबार आयोजित विरोधसभामा बोल्दै उनले प्रतिगमन सच्चिएपछि आफूहरूले सुकुमबासीलाई जग्गा दिने बताए ।

‘केपी ओलीले भूमि सम्बन्धी आयोग बनाएर सुकुमबासी किसानहरूलाई भ्रम छर्ने काम गरेका छन्, केपीबाट माखो मर्नेवाला छैन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्यक्रममा भने, ‘हामी दिन्छौं सुकुमबासीलाई जमीन । यही आन्दोलनले समाधान गर्छ सुकुमबासीको समस्या, प्रतिगमन सच्चिएपछि जग्गा दिन्छौं ।’

९ चैत २०७६ मा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगले विभिन्न पालिकामा सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिरहेको छ । आयोगको साढे १४ लाख परिवारलाई जग्गा वितरण गर्नुपर्ने प्रारम्भिक तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment