+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते २०:०४

२८ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उनको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको थियो ।

बुधबार विशेष अदालतमा ढकालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको भनी इन्कारी बयान दिएका थिए । तर ललिता निवासको जग्गा व्यक्तिको नाममा फिर्ता गर्ने प्रक्रियामा प्रारम्भदेखि नै संलग्न रहेको देखिएको विशेष अदालतको आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै शोभाकान्तकी पत्नी उमाकुमारी ढकाल्नीले जग्गासम्बन्धी सबै कारोबार आफ्नो श्रीमाने गरेको भनी अदालतमा बयान दिएको, तत्कालिन अवस्थामा मालपोत कार्यालय काठमाडौंमा कार्यरत प्रकाशनारायण भट्टले बेहोरा बुझ्न शोभाकान्त ढकाल आउने गरेको भनी बयान दिएको विशेष अदालतले उल्लेख गरेको छ ।

‘… प्रतिवादी शोभाकान्त ढकाललाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कानुन बमोजिम थुनामा राख्नु भनी थुनाुवा पुजीर्ए दिई सम्बन्धित कारागारमा लेखि पठाउने’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?