+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

रासस रासस
२०७७ माघ २९ गते ७:४६

२९ माघ, दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ ।

भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए।

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।

‘जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौँ’, आलेले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?