+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

शिवम् सिमेन्ट्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १८:३२

शिवम सिमेन्ट्सले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शिवम् सिमेन्ट्सले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनीका प्रतिनिधिले भने ।

शिवम् सिमेन्ट्सले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, Isolation Bed निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?