+

लिग–टूको त्रिकोणात्मक सिरिज स्थगित, नेपालको योजना के ?

२०७७ माघ  ३० गते १९:२४ २०७७ माघ ३० गते १९:२४
लिग–टूको त्रिकोणात्मक सिरिज स्थगित, नेपालको योजना के ?

३० माघ, काठमाडौं । आगामी मार्चमा ओमानमा हुने तय भएको आईसीसी विश्व क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट टिमले २४ गतेदेखि तयारी थालेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाउँदा पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा समावेश थिए । नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिवि क्रिकेट मैदान, कीर्तिपिुरमा स्किल्स केन्द्रित प्रशिक्षण गराए ।

तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्‍यो । विभिन्न देशमा रहेको ट्राभल रेस्ट्रिक्सन, क्वारेन्टिन समय र कोभिड–१९ को प्रभावले गर्दा सिरिज स्थगित गर्नुपरेको आईसीसीले बताएको छ ।

अर्को सिरिज जुलाईमा स्कटल्याण्डमा हुने तय भएको छ, जसमा स्कटल्याण्ड, नेपाल र नामिबियाले खेल्ने छन् । तर त्यसअघि नै तय भएका सिरिजहरु कहिले हुन्छ भन्ने यकीन छैन । कोभिड–१९ कै कारण २०२० को फेब्रुअरीमा नेपालमा सिरिज भएपछि लिग–२ अन्तर्गतका सिरिजहरु हुन सकेको छैन ।

लिग–टू का सिरिज स्थगित भएपनि नेपाली टोलीसँग तत्काल कुनै पनि प्रतियोगिता छैन । के गर्ने भन्ने योजना केही दिनमै सार्वजनिक गर्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । ‘हामीले सबै योजनाहरु बनाएका छौं । त्यो क्यान बोर्डको एक्जुकेटिभ कमिटीबाट पारित हुन बाँकी छ’ उनले भने, ‘पास भएपछि भनौंला ।’

विदेशमा गएर खेल्ने वा नेपालमै टिम बोलाउने भन्ने प्रश्नमा दासले भने, ‘ट्राभल रेस्ट्रिक्सनले गर्दा बाहिर गएर खेल्न वा नेपालमा टिम बोलाएर खेलाउन चुनौतीपूर्ण छ ।’

तथापि राष्ट्रिय टिमको प्रशिक्षण जारी रहने भएको छ । दोस्रो चरणको प्रशिक्षण भोलि फागुन १ देखि नै सुरु हुनेछ । पहिलो चरणमा २१ खेलाडी प्रशिक्षणमा सहभागी थिए । उनीहरुमध्ये राम्रो प्रदर्शन गरेकाहरुलाई सिनियर ११ खेलाडीसँग मिसाइने क्यान सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

‘शनिबारदेखि दोस्रो चरणको प्रशिक्षण सुरु हुनेछ । पहिलो चरणको केही र सिनियर ११ खेलाडी गरी २०/२१ खेलाडी छनोट गरेर प्रशिक्षण हुनेछ’ प्याकुरेलले भने ।

क्रिकेट नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय