Comments Add Comment

‘सुकी बुधबारसम्म हिरासतमै बस्नुपर्ने’

३ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने भएको छ । सुकीका वकिल माउङ्ग खिन जाओले सञ्चारमाध्यमसँग कुरा गर्दै सुकी बुधबारसम्म प्रहरी हिरासतमा रहने जानकारी दिएका हुन् ।

यसअघि सुकीलाई सोमबारसम्म मात्र प्रहरी हिरासतमा राखिने अनुमान गरिएको थियो । तर, उनलाई अदालतले थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो । सोमबार सुकीका वकिलले भने, ‘अदालतमा हामीलाई बताइएअनुसार सुकीलाई १७ फेब्रुअरीसम्म हिरासतमा राखिनेछ । अहिले उनी प्रहरीको निगरानीमा रहनेछन् । यो सही हो कि होइन, तपाईं आफैं भन्न सक्नुहुन्छ ।’ खिनको टोलीका उक वकिलले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘न्यायाधीशले सोमबार बिहान भिडियो कन्फ्रेन्सको माध्यमबाट सुकीसँग कुरा गरेका थिए र आफ्नो पक्षबाट वकिल राख्न सक्ने वा नसक्ने विषयमा सोधपुछ गरेका थिए ।

म्यानमारमा मानिसहरुले सुकीको रिहाइको माग गर्दै पछिल्लो १० दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरुले म्यानमारको प्रजातन्त्र पुनर्बहालीको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment