
३ फागुन, काठमाडौं । जापानमा यही वर्ष आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोट प्रतियोगिता स्थगित भएको छ ।
आगामी मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा हुने भनिएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण स्थगित भएको र दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
संघका अनुसार एसियाली छनोटका खेल अब आगामी मे १४ देखि १६ तारिखसम्म जोर्डनको अम्मानमै हुने गरी स्थगित गरिएको छ ।
सन् २०२०मै जापानमा हुने भनिएको खेलकुदको महाकुम्भ टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको हो ।
ओलम्पिक सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक सकिएपछि जापानमै पारा ओलम्पिक हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4