+

बार्यन बराबरीमा रोकियो

२०७७ फागुन  ४ गते १०:०३ २०७७ फागुन ४ गते १०:०३
बार्यन बराबरीमा रोकियो

४ फागुन, काठमाडौं। बुण्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिख अर्मिनिअ बिएलेफेल्डसँग ३-३ को बराबरीमा रोकिएको छ ।

फिफा क्लब विश्वकपको उपाधि जितेपछि पहिलो खेल खेलिरहेको बार्यनले ६ गोल भएको खेलमा अंक बाँडेको हो । यस बराबरीपछि बार्यनको लगातार पाँच खेलको जित यात्रा पनि रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा बार्यन पहिलो हाफमा दुई गोलले पछि परेको थियो । खेलको नवौं मिनेटमा माइकल भ्लाप र ३७औं मिनेटमा अमोस पाइपरले गोल गरेपछि बिएलेफेल्डले पहिलो हाफमा २-० को अग्रता बनायो ।

रोवर्टो लेवान्डोस्कीले ४८औं मिनेटमा बार्यनका लागि गोल फर्काउँदै गोलअन्तर घटाए तर ४९औं मिनेटमा क्रिस्टियन जेबाउरले गोल गर्दै बिएलेफेल्डलाई ३-१ को अग्रता दिलाए।

दुई गोले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसोले ५७औं र अल्फोन्सो डेभिसले ७०औं मिनेटमा गोल गरेपछि बार्यनले खेल बराबरी गरेको हो ।

बराबरीपछि शीर्ष स्थानमै कायम बार्यनले २१ खेलबाट ४९ अंक जोडेको छ र दोस्रो स्थानको लाइपजिगसँग ५ अंकको अग्रता बनाएको छ । समान खेलबा६ लाइपजिगको ४४ अंक छ।

बिएलेफेल्ड १८ अंकसहित १६औं स्थानमा छ ।

बार्यन म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय