+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १६:४८
फाइल तस्वीर

४ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मंगलबार गैंडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उनलेे जानकारी दिए । अधिकारीका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैंडा छन् । यस वर्ष नेपालका गैंडा रहेका निकुञ्जमा गैंडाको गणना गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?