+
+
Shares

संसद् पुनर्स्थापना भए ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् : सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १७:२५

४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनर्स्थापना भए केपी शर्मा ओलीले तुरुन्तै अर्को पार्टी गठन गर्ने बताएका छन् । यो समूहको फेसबुक पेज मार्फत् गरिएको कुराकानीमा पाण्डेले आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए ।

‘संसद् पुनर्स्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् । आफ्ना मान्छेहरु सेक्युर गर्न लाग्छन्’, पाण्डेले भने । ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्ने थालेको पनि उनले बताए । ‘दुई वर्ष लम्बिएर चुनाव हुने हो भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा गर्न थालेको सुन्न थालेको छु,’ उनले भने, ‘नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने त्यहाँका मान्छेहरुलाई पनि परेको छ ।’

तर, तत्काल पार्टी एकता संभव नभएको उनले बताए । ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेकाले तत्काल पार्टी एकता संभव नरहेको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?