
५ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् ।
थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4