+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १३:५९

६ फागुन, काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ ।

मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नु पर्ने तथ्यलाई नबुझी एक्लौटी रुपमा नेपाल चिकिसत्क संघ र अफिनद्वारा गरिएको मूल्य वृद्धिप्रति मन्त्रालयको सहमति नरहेको व्यहोरा जानकारी गराइन्छ । ‘

यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय गरिनसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहने भन्दै मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरेर मात्र यस किसिमको निर्णय लिन उचित हुने भनेको छ ।

विश्वव्यापी कोभिड १९ को महामारीले निम्त्याएको आर्थिक शिथिलतालाई समेत मध्यनजर गरी चिकित्सकहरुको परामर्श शुल्क २०७१ साल भदौ ११ गते मन्त्रालयले तोके अनुसारकै कायम रहेको जानकारी समेत मन्त्रालयले सम्बन्धित पक्षलाई जानकारी गराएको छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क वृद्धि गरेको थियो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ पुगेको छ र, यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।

तर मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘उहाँहरुलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । नयाँ शुल्कमा मन्त्रालयको सहमति छैन ।’

उनले मुल्यबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको समेत बताए ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?