+
+

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

दिनेशको सूचनाका आधारमा भेटियो घडी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते २०:४०

६ फागुन, काठमाडौं । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।

तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।

‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’

शव भेटिएको स्थान ।

अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर छोरालाई प्रहरी कहाँ भेटेका छन् । त्यसक्रममा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा संलग्नता स्वीकार गरेको काका लक्ष्मण भट्टले अनलाइनखबरलाई बताए । ‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर स्वीकार्न लगायो कि भन्ने थियो, होइन रहेछ’, उनले भने, ‘जे हुनु भइसक्यो, गल्ती भयो भनेको छ ।’

यद्यपि परिवारले भागरथीको शव अझै बुझेको छैन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै काका लक्ष्मण भन्छन्, ‘हाम्रो मुख्य चिन्ता घटनाको सबुद प्रमाणहरु केही नहोस् भन्ने हो ।’

उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीविरुद्ध भागरथीका दाइ केशवले किटानी जोहरी दिएका छन्, त्यसमा दिनेशको उमेर १८ वर्ष उल्लेख छ । कानुनतः उनी नाबालक भेटिए, दुई तिहाइ सजाय हुनेछ । उमेरको प्रमाणिकरणका लागि प्रहरीले विद्यालयलाई पत्राचार गरेको छ ।

यो पनि, 

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?