
७ फागुन, काठमाडौं । त्रिपुरा राज्यका कानुनमन्त्री रतन लाल नाथले केही दिन अगाडि मुख्यमन्त्री विप्लव कुमार देवले नेपालबारे दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरिएको जिकीर गरेका छन् ।
केही दिन अगाडि त्रिपुराका मुख्यमन्त्री अमित शाले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरेर सरकार निर्माण गर्ने योजना बनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । जसको नेपाल र भारतमा तीव्र आलोचना भएको थियो । यस विषयमा नेपालले भारतसँग औपचारिक रुपमा नै ध्यानाकर्षण गराउँदै आपत्ती व्यक्त गरेको थियो ।
त्रिपुराका कानुनमन्त्रीले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘मुख्यमन्त्रीको भनाइलाई गलत व्याख्या गरियो, उनको भनाइको अर्थ भारतीय जनता पार्टी संसारको सबैभन्दा ठूलो राजनीतिक दल हो र यसको विचारबाट संसार प्रभावित हुनेछ ।’
उनले विभिन्न देशमा भाजपाको विचारको बारेमा छलफल हुने गरेको तर यसको मतलव ती मुलुकमा भाजपा गठन नहुने बताए । उनले भाजपाले अगाडि सारेको योगालाई अहिले संसारले स्वीकार गर्दै गएको बताए ।
प्रतिक्रिया 4