+
+

प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १२:२७

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो ।

संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो समूहले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?