+
+

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते १३:०४

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् ।

आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।

प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?