Comments Add Comment

आईपीएलमा बिक्री नहुनु अप्रत्यासित होइन : फिन्च

९ फागुन, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर एरोन फिन्चले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै टिमले पनि अनुबन्ध नगर्नु (अनसोल्ड हुनु) अप्रत्यासित नभएको बताएका छन् ।

अष्ट्रेलियाको सीमित ओभर टिमको कप्तान समेत रहेका फिन्चले केही समय घरमा रहनु कुनै खराब कुरा नभएको बताए ।

फिन्चले युएईमा भएको १३ औं संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए । तर उनले त्यहाँ बिर्नलायक प्रदर्शन गरे । जहाँ फिन्चले २२.३ को एभरेजमा रन बनाएका थिए भने एउटा मात्र अर्धशतक प्रहार गरेका थिए ।

यस्तै पछिल्लो बीबीएलमा पनि फिन्चले राम्रो प्रदर्शन गर्न सकेनन् । मेलवर्न रेनेगाड्सको लागि १३ खेल खेलेका उनले जम्मा १७९ रन बनाए ।

न्युजिल्याण्डविरुद्धको टी-२० आई सिरिज अघि कुरा गर्दै फिन्चले फेरि आईपीएल खेल्न पाएको भए राम्रो हुने तर आश्चर्य नभएको बताए । ‘फेरि खेल्न पाएको भए राम्रो हुन्थ्यो । यो राम्रो प्रतियोगिता हो । तर म छनोट नहुनु कुनै अप्रत्यासित होइन’ उनले भनेका छन् ।

फेब्रुअरी १८ मा चेन्नाईमा भएको अक्सनमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र झेय रिचर्डसन महँगो रकममा बिक्री भए । म्याक्सवेललाई बैंगलोरले १४.२५ करोड र रिचर्डसनलाई पञ्जाब किंग्सले १४ करोड भारुमा अनुबन्ध गरेको हो ।

फिन्चले आफूले फेरि क्रिकेट खेल्न चाहेपनि केही समय घरमा बिताउनु राम्रो हुने बताए । उनले क्वारेन्टिन समयमा आफूले टेक्निकल पाटोमा मिहिनेत गरेको बताए ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीचको पाँच खेलको टी २० सिरिज सोमबारदेखि हाग्लेओभलमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment