Comments Add Comment

विप्लवले वार्तामा आउँछु भन्दा केहीलाई छटपटी भयो : प्रधानमन्त्री

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’

चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग सरकारले वार्ता गर्छौंभन्दा केही तत्वलाई टाउको दुखेको पनि बताए । उनले भने, ‘हतियार उठाइरहेका, व्यवस्थाको विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छ ।’

उनले ‘देश साँच्चै हरेक हिसाबले अघि बढ्छ कि क्या हो’ भन्ने सोचाइले विभिन्न व्यक्तिलाई टाउको दुखेको दाबी गरे । ओलीले भने, ‘कतिपय विप्लवलाई प्रयोग गरौंला कि भनेको, वार्ता गरेर समस्या समाधान पो गर्न थाले । देश त साँच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो भन्ने परेको छ ।’

पराजित गर्नै नसकिने गरी काम गर्‍यो भनेर पिर गरिएको समेत उनले दाबी गरे । ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने र वैशाख १७ र २७ गते निर्वाचन हुने बताए । उनले निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment