+
+

झण्डै ७ अर्बमा बिक्री भयो एसियाकै महँगो अपार्टमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १२:४०

घरजग्गाको भाउ संसारका सबैजसो देशमा उच्च छ भन्ने त सबैलाई थाहा छ । तर एउटै अपार्टमेन्टको भाउ ७ अर्ब रुपैयाँ पर्ने कुरा निकै दुर्लभ नै होला ।

हालै हङकङमा एउटा अपार्टमेन्ट झण्डै ७ अर्ब रुपैयाँमा बिक्री भएको छ । हङकङका धनाढ्य भिक्टर लीको कम्पनी सि के एसेट्स होल्डिंग्स लिमिटेडले उक्त अपार्टमेन्ट ५ करोड ९० अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ८५ करोड रुपैयाँमा बिक्री गरेको छ ।

हङकङको २१ बोरेट रोड क्षेत्रमा अवस्थित उक्त अपार्टमेन्ट कसले खरिद गर्यो भन्नेचाहिँ खुलाइएको छैन ।

३३ सय ७८ वर्गफिटमा निर्मित उक्त अपार्टमेन्टको मूल्य एक लाख ३६ हजार हङकङ डलर परेको छ ।

उक्त अपार्टमेन्टमा पाँचवटा कोठा, स्विमिङ पुल, प्राइभेट छत तथा तीनवटा पार्किंङ स्पेसलगायतको सुविधा छ ।

स्मरण रहोस् लग्जरी अपार्टमेन्टका लागि हङकङ विश्वभर चर्चित छ । यसअघि सन् २०१७ मा हङकङमै माउन्ट निकलसनस्थित एक अपार्टमेन्ट सर्वाधिक महँगोमा बिक्री भएको थियो ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?