+
+
Shares

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १२:३७

१० फागुन, वीरगञ्ज । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।

वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना ४ प ५१२४ नम्बरको मोटरसाइकमा कलैयातर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आइतबार बिहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । म्याजिक भ्यान र चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?