
प्रतीकात्मक तस्वीर
१० फागुन, गुल्मी । गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् ।
गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो ।
लुकिछिपी बसेको अवस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए ।
त्यस्तै प्रहरीले लागूऔषध मुद्दाको फरार एकजना प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाँउपालिका–७ स्थित डाँडा पोखरा बस्ने ३५ वर्षीय दिलबहादुर परियार रहेका छन् । अदालतले गौतमलाई लागूऔषध मुद्दामा ४ महिना २९ दिन कैद सजाय सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4