+

नेपाल सुपर लिग फुटबल आगामी वैशाखमा

२०७७ फागुन  १० गते १४:०९ २०७७ फागुन १० गते १४:०९
नेपाल सुपर लिग फुटबल आगामी वैशाखमा

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) नेपालकाे पहिलाे फ्रेन्चाइज लिग आगामी वर्ष वैशाखमा हुने भएकाे छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयाेजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)काे प्राविधिक सहयाेगमा वैशाख ११ देखि २५ गतेसम्म नेपाल सुपर लिग सञ्चालन हुने साेमबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएकाे हाे ।

२०७६ सालमा आयाेजना गर्ने गरी २०७५ सालमै घाेषणा भएकाे याे लिग आयाेजना हुन सकेकाे थिएन । अब आन्तरिक तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । लिगमा प्रदेशकाे प्रतिनिधित्व गर्ने गरी सहरकाे फ्रेन्चाइज टिमकाे सहभागिता हुने र अक्सनमार्फत फ्रेन्चाइज टिम बनाउने एनएसईएमले जनाएकाे छ ।

यस लिगलाई व्यवसायिक लिगकाे रुपमा ट्रायल गर्न लागेकाे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । उनले सहिद स्मारक लिग नै मुख्य लिग हुने उनले बताए ।

राउण्ड राेविन लिगका आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । यस्तै हरेक टिममा २० खेलाडी हुनेछन् । टिमकाे नाम र टिम मालिककाे जानकारी एक विशेष समाराेह आयाेजना गरी यसै महिना सार्वजनिक गरिनेछ । खेलाडीलाई ‘ए’ देखि ‘डी’ श्रेणीमा छुट्याएर अक्सन गरिनेछ ।

लिगका लागि एन्फाले दुई महिनाकाे समय दिएकाे उनले बताए । शेर्पाका अनुसार सो समयमा क्लबहरुले आफ्नाे खेलाडीलाई लिगका लागि रिलिज गर्न सक्नेछन् । लिग दशरथ रंगशालामा हुनेछ ।

लिगका लागि एन्फा र एनएसईएमबीच २०१९ जनवरी १ मै सम्झाैता भएकाे थियाे । विभिन्न कारणले दुई वर्ष ढिला भइसकेकाेले याे पटक कम्तीमा लिग सुरुवात गरेकाे मूर्तरुप दिएर अर्काे वर्ष राम्राेसँग गर्न सकिने आयाेजकले जनाएकाे छ ।

नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय