
१० फागुन, गुल्मी । नेकपा केपी ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरु भएको संकेत दिइसकेको दावी गरेका छन् ।
गुल्मीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर स्थिर संसद्को काम नहुने धारणा राखे । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले हिंसाभन्दा शान्ति र समृद्धि खोजेकाले विप्लव समूहसँग वार्ता गर्न सकारात्मक भएको बताए ।
उनले धेरै समयसम्म विप्लवसँग वार्ताका लागि सरकारले कसरत गरेको भन्दै अहिले ऊ आफैं वार्तामा आउन खोजेकाले सरकारले कुनै शर्त नराखेको पनि जानकारी दिए । ज्ञवालीले मुलुक ताजा जनादेशमा गएकोकाले अब फर्केर हेर्ने कुनै ठाउँ र अवस्था नरहेको पनि जिकिर गरे ।
प्रतिक्रिया 4