+
+
Shares

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते ९:२२

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ ।

आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

आयोगले निर्वाचन सामग्री खरिदको बोलपत्र आह्वानको सूचना प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ प्रयोगजको विशेष परिस्थितिमा प्रकाशित गरिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले देखिने गरी काम नगरेको भन्दै आलोचना गरेको तीन दिनपछि निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढाइएको छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले के फैसला आउँछ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?