
१२ फागुन, काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलामा ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4