Comments Add Comment

रुटले ५ विकेट लिएपछि भारत १४५ रनमा अलआउट, ३३ रनको अग्रता

१३ फागुन, काठमाडौं । इंग्ल्याण्डका कप्तान जोए रुटले घातक बलिङ गर्दै ५ विकेट लिएपछि घरेलु टोली भारत तेस्रो टेष्टको पहिलो इनिङ्समा १४५ रनमै अलआउट भएको छ ।

भारतले ९९/३ बाट बिहीबारको खेल अघि बढाएको थियो । रुट र लिचको घातक बलिङपछि भारतले दोस्रो दिन थप ४६ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो ।

रुटले टेष्ट क्रिकेटमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनले ६.२ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दे ८ रन खर्चेर ५ विकेट लिएका हुन् । रुटको ५ र ज्याक लिचको ४ विकेट पछि भारत ५३.२ ओभर क्रिजमा टिक्दै अलआउट भएको हो । जोफ्रा आर्चरले १ विकेट लिएका थिए ।

रुटले भारतका विकेटकिपर ऋषभ पन्त, वासिङ्गटन सुन्दर, अक्सर पटेल, रविचन्द्रन आश्विन र जसप्रित बुमराहलाई आउट गरे ।

भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ६६, कप्तान विराट कोहलीले २७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले १७ रन जोड्दा इशान्त शर्मा १० रनमा अविजित रहे । भारतका तीन खेलाडी खाता नखोली आउट भए ।

इंग्ल्याण्डलाई पहिलो इनिङ्समा ११२ रनमा अलआउट गरेको भारतले ३३ रनको सामान्य अग्रता भने बनाएको छ ।

इंग्ल्याण्डले बिहीबारै दोस्रो इनिङ्स सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment