Comments Add Comment

कञ्चनपुर, पोखरा र पाँचथरमा गरी ३ जना मृत अवस्थामा भेटिए

१३ फागुन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक व्यक्ति घरको कम्पाउण्डभित्र मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका–१८ सूर्योदय टोल डेरा गरी बस्ने बर्दियाको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी बिहीबार घर कम्पाउण्डभित्र मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै पोखरा महानगरपालिका–६ स्थित बसुन्धारा पार्कमा पनि एकजना मृत अवस्थामा फेला छन् । अर्घाखाँची घर भएका २५ वर्षीय रेशम नेपाली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी पाँचथरको फालेलुङ गाउँपालिका–१३ लेउदम्बामा सोही गाउँपालिका–५ सिमसारे बस्ने ४८ वर्षीय मोतीलाल खपाङ्गी मगर मृत अवस्थामा भेटिएका छन् ।

बुधबारबाट बेपत्ता भएका खपांगी खोजी गर्ने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment