Comments Add Comment

दोस्रो इनिङ्समा इंग्ल्याण्ड ८१ मै अलआउट, भारतलाई ४९ रनको लक्ष्य

१३ फागुन, काठमाडौं । भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गर्दा इंग्ल्याण्ड तेस्रो टेष्टको दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भएको छ ।

अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा टेष्टको दोस्रो दिन बिहीबार पटेल र आश्विन मिलेर ९ विकेट लिँदा इंग्ल्याण्ड ३०.४ ओभर मात्र क्रिजमा टिक्दै अलआउट भएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक २५, कप्तान जोय रुटले १९ र णलीले पोले १२ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

भारतका लागि अक्सर पटेलले ५ र आश्विनले ४ विकेट लिए । यस्तै वासिङ्गटन सुन्दरले १ विकेट लिए ।

त्यसअघि बिहीबार इंग्लिस कप्तान जोय रुटले ५ र ज्याक लिचले ४ विकेट लिएर भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा ११२ रनमा अलआउट भएको इंग्ल्याण्डले दोस्रो इनिङ्समा जम्मा ८१ रन मात्र बनाउन सकेपछि भारतले जितका लागि ४९ रनको सामान्य लक्ष्य पाएको हो ।

भारतले बिहीबारै लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरिसकेको छ । डिनरअघिसम्म भारतले बिनाक्षती ११ रन बनाएको छ । भारतलाई अब जितका लागि ३८ रन बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment