Comments Add Comment

भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

१३ फागुन, काठमाडौं । भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २-२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ । न्युजिल्याण्ड यसअघि नै फाइनल पुगिसकेको छ ।

स्पिनर चम्केको यस टेष्टमा भारतले इंग्ल्याण्डले दिएको जम्मा ४९ रनको लक्ष्य विना क्षति ७.४ ओभर खेल्दै गर्दै दोस्रो दिनमै टेष्ट जितेको हो । रोहित शर्माले अविजित २५ रन बनाए । यस्तै शुभमन गिलले अविजित १५ रन योगदान गरे ।

दोस्रो दिन भारतले ९९/३ बाट खेल अघि बढाएको थियो । इंग्ल्याण्डका कप्तान जोय रुटले ५ विकेट लिएपछि भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो र ३३ रनको सामान्य अग्रता बनाएको थियो ।

तर भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गरेपछि इंग्ल्याण्ड दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भयो र भारतले ४९ रनको लक्ष्य पाएको हो ।

अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा पटेल र आश्विन मिलेर ९ विकेट लिएका हुन् । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक २५, कप्तान जोय रुटले १९ र ओली पोपले १२ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

भारतका लागि अक्सर पटेलले ५ र आश्विनले ४ विकेट लिए । यस्तै वासिङ्गटन सुन्दरले १ विकेट लिए । त्यसअघि बिहीबार इंग्लिस कप्तान जोय रुटले ५ र ज्याक लिचले ४ विकेट लिएर भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment