Comments Add Comment

वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन

१५ फागुन, काठमाडौं । भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी-२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी-२० टिममा अटाएका हुन् ।

शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी-२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो ।

यसपटक वेष्ट इण्डिजले टिममा व्यापक परिवर्तन भएको छ । क्रिस गेल, फिडेल एडवाड्र्स, जेसन होल्डर जस्ता अनुभवी खेलाडी टी-२० टिममा परेका छन् । यस्तै एभिन लुइसले पनि पुनरागमन गरेका छन् । शिमरोन हेतमायर, सेल्ड्रन कट्रेल, ओसेन थोमस, किमो पउल, ब्रेण्डन किङ भने टिममा अटाएनन् ।

वेष्ट इण्डिजले घरेलु मैदानमा यही मार्च ४ देखि श्रीलंकाविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दैछ । टी-२० सिरिजपछि वेष्ट इण्डिज र श्रीलंकाले तीन खेलकै ओडिआई सिरिज पनि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment