Comments Add Comment

गर्मीमा साइकल यात्रा गर्दा के-के कुरामा ध्यान दिने ?

तस्वीर: फाइल

गर्मी मौसम सुरु भएको छ । गर्मी सुरु भएसँगै नियमित साइकलमा यात्रा गर्नेहरूको लागि भने पसिना आउने वा स्वास्थ्यमा चासो दिन सकिएन भने समस्या हुन सक्छ । हिजोआज नियमित कार्यालय जान समेत साइकल प्रयोग गर्ने प्रयोगकर्ताहरू काठमाडौंमा बढेका छन् ।

देवेन्द्र बस्न्यात

तातो मौसममा साइक्लिङ गर्नु डिहाइड्रेसन लगायतको चुनौतीहरू थपिन सक्छ । साइकल यात्रीको लागि यस समयमा सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन् । गत जुलाइ महिनामा अधिक गर्मीका कारण फ्रान्समा दुई साइकिल चालकको मृत्युभएको समाचार इन्डिपेन्डेन्ट डट सिओ‌ डट युकेमा प्रकाशित भएको थियो । जब तापक्रम ११४ डिग्री फरेनहाइटमा पुग्यो जसले त्यो दुर्लभ घटना निम्त्यायो । आखिर गर्मी मौसममा साइकलयात्रीले ध्यान दिनु पर्ने कुराहरू के के हुन् त ? नेपाल साइकल एसोसिएसनका सचिव देवेन्द्र बस्न्यातको साइकल यात्रीलाई यस्तो छ टिप्स ।

डिहाइड्रेसनबाट बच्नु
गर्मी मौसममा साइकलमा यात्रा गर्दा शरीरमा डिहाइड्रेसनको समस्या हुने भएकोले सबैभन्दा पहिले डिहाइड्रेसनबाट बच्नको लागि स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । यसको सजिलो उपाय भनेको ज्यादा मात्रामा पानी पिउनु हो ।

पोषाकमा ध्यान दिनुपर्छ
गर्मी मौसममा साइकल चलाउँदा पहिरनमा पनि ध्यान दिनुपर्छ । आफूलाई सहज हुने खालको कपडा लगाउनु पर्छ । छोटो दुरीको यात्राबाहेक लामो दुरी अर्थात् १० किलोमिटरभन्दा धेरै यात्रामा जानुपर्ने भए सकेसम्म पूरा बाउला भएको जर्सी र हाफ पाइन्ट लगाउनुपर्छ । यी दुवै कपडा सकेसम्म खुला खालको हुनु राम्रो हुन्छ । यसका साथै पञ्जा लगायतका आधारभूत विषय छुटाउनु हुँदैन ।

खानामा सन्तुलन
नियमित साइकलमा यात्रा गर्नेहरुले खाना खाने बेलामा नै विभिन्न पौष्टिक आहारको सन्तुलन मिलाएर खाने गर्नुपर्छ । खानामा पेय पदार्थको मात्रा बढी राख्नुपर्छ । झोलिलो पदार्थहरू धेरै खाने, प्रोटिन, फ्याट र कार्बाेहाइड्रेलाई सन्तुलन मिलाएर खानुपर्छ । तर त्यसो भन्दैमा बजारमा पाइने हाइफाइ खाना भने खानु आवश्यक छैन । भटमास, दालहरु लगायत धेरै खानुपर्छ । यसबाहेक पर्याप्त मात्रामा फलफूल पनि खान सकिन्छ ।

नियमित अभ्यास गरिरहनु
गर्मी मौसममा तपाईं तातो मौसममा साइकलमा सवारी गर्नुहुन्छ भने तपाईंले नियमित अन्य अभ्यास नगर्दा पनि तपाईंलाई ठूलो अभाव महसुस गर्नु पर्दैन । साइकलमा सकेसम्म घामचर्कोमा हिन्नुलाई उपयुक्त मानिँदैन । तर हिन्नै पर्‍यो भने पनि छायामा समयसमयमा केही बेर विश्राम गरेर मात्रै फेरि कुदाउने गर्नुहोस् ।

आफैँ सुरक्षित रहनुहोस्
गर्मीको मौसममा सूर्यको किरण हाम्रो शरीरमा पर्दा यसले थकानको महसुस गराउने गर्छ । मान्छे सबैको स्वास्थ्य एकैनासको हुने गर्दैन । त्यसैले ज्यादा चर्काेघाममा सकेसम्म नहिँडेको राम्रो । हिँड्नै परेपनि रिहाइड्रेड गर्ने उपायहरु अपनाउने, सनोसनहरु लगाउने जस्ता विषयलाई ध्यान दिन सकिन्छ । यसमा ध्यान दिँदा यसले शरीरमा रहेको मेटाबोलिज्मलाई बढाउने गर्छ ।

गर्मी मौसममा साइकलमा यात्रा गर्दा पसिना धेरै आउने भएकोले यसले तरलताको आवश्यकतालाई समेत बढाउने गर्छ । कतिपयको शरीरमा गर्मीका कारण हुने विभिन्न किसिमका समस्या समेत सिर्जना हुन सक्छ । यसको लागि तपाईंले साइक्लिङ गर्नुभन्दा पहिले नै सनबर्न रोक्ने उपाय खोज्न सकिन्छ । बढी तापले शिरमा पनि समस्या सिर्जना गर्न सक्छ । जसको लागि हेलमेटको मुनि टोपी लगाउनुहोस्।

अगाडि नै योजना बनाउनुहोस्
साइकल कुदाउने बेलामा हामीलाई पानीको आवश्यकता परिरहने गर्छ । भनेको ठाउँमा पानी नपाउने र आफू अनुकुल पानी नपाउन सकिने भएकोले आफ्नो यात्रा अनुसार चिसो पानी बोक्ने बोतलको व्यवस्था गर्नुहोस् । लामो यात्रा र सहरी भेगको यात्रामा जाने हो भने पानी चिसो बनाइराख्नको लागि आइस क्युब्स समेत बोक्न नबिर्सनुहोस् । समयसमयमा पानीमा आइसक्युब्स राखेर पानी चिसो बनाउन सकिन्छ । जसले धेरै गर्मीबाट बचाउन सहयोग गर्छ ।

शरीर वा अनुहारलाई शीतल बनाइराख्नुहोस्
छालामा सिधै हिउँ वा बरफ राख्दा त्यसले रक्तनलीलाई असर गर्न सक्छ । तर गर्मीको समयमा चिसो महसुस गराउनको लागि के गर्ने त रु जानकारहरू चिसो महसुस गराउनको लागि हाइड्रोएक्टिभ कुलिङ टावेल प्रयोग गर्न सकिन्छ । यसमा जडित एक विशेष प्रविधिले हामीलाई चिसो महसुस गराउन मद्दत गर्छ । यस्तो टावेल पनि साथमा राखेर साइकल चलाउँदा बढेको शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment