Comments Add Comment

इन्स्टाग्राममा १०० मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेटर

१८ फागुन, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै चर्चित छन् । सामाजिक सञ्जालमा पनि उनको उस्तै फलो गरिन्छ ।

इन्स्टाग्राममा पनि कोही हिट क्रिकेटरका रुपमा छन् ।

इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बनेका छन् ।

उनी इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीमा चौथो स्थानमा छन् । फुटबललर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र नेयमार पछि विराटको फलोअर्स धेरै छ ।

यी तीन फुटबलरसंगै हलिउड एक्टर ड्वाने ‘दी रक’ जोनसन, अमेरिका सिंगर वियोन्स र एरिना ग्रान्डीसंगै विराट कोहली पनि १०० मिलियन क्लबमा पर्न सफल भएका हुन् ।

इनस्टाग्राम पोष्टमार्फट सर्वाधिक कमाई गर्ने १० जनाको सूचीमा कोहली एक मात्र क्रिकेटर हुन् । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स क्रिस्टियानो रोनाल्डोको २६५ मिलियन रहेको छ । यस्तै लिओनल मेस्सीको १८६ मिलियन र नेयमारको १४७ मिलियन फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment