+
+
Shares

फ्रान्समा एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई लगाउन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १५:२५

१८ फागुन, काठमाडौं । फ्रान्सले ६५ वर्षभन्दा माथिका मानिसहरुलाई पनि एस्ट्राजेनेकाको खोप लिन अनुमति दिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अब ६५ देखि ७४ वर्ष उमेर समूहका मानिसले एस्ट्राजेनेकाको खोप लिन सक्ने बताएको हो । गत महिना फ्रान्सले एस्ट्राजेनेकाको खोपमा ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कोरोना खोपको प्रभावकारिताको तथ्यांक उपलब्ध नभएको भन्दै उक्त उमेर समुहका मानिसलाई यो खोप नलिन सुझाव दिएको थियो ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको यो खोपको प्रयोग बेलायतमा सबै उमेर समूहका नागरिकमा भइरहेको भए पनि युरोपेली संघ (ईयू)का केही मुलुकले भने ६५ वर्षभन्दा कम उमेरका मानिसहरुलाई मात्र यो खोप लगाउन अनुमति दिएका छन् ।

फ्रान्समा अझै पनि ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसलाई भने फाइजर वा मोडेर्नाको कोरोना खोप लगाउन सुझाव दिइएको छ ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?