Comments Add Comment

ललितपुरमा महिला हस्तकला मेला हुने

फाइल तस्वीर

२० फागुन, काठमाडौं । ललितपुरमा आगामी शनिबारदेखि महिला हस्तकला मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

बिहीबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘महिला हस्तकला मेला–२०७७’ हुने जानकारी गराएका छन् । ‘हस्तकलाको प्रवर्द्धन , महिला सशक्तीकरणको सम्वद्र्धन’ भन्ने नारासहित हुने मेलामा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने जनाइएको छ ।

मेलामा साना–ठूला गरी ५० भन्दा बढी स्टलहरु रहनेछन् । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सिसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका कार्यालय अगाडिको खाली जमिनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment