Comments Add Comment

सान्चेजको दुई गोलमा इन्टर विजयी, ६ अंकको अग्रता

२१ फागुन, काठमाडौं । एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा शीर्ष स्थानको इन्टरले इटालियन सिरी ए मा पार्मालाई २-१ ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता समेत बनाएको छ ।

पार्माको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ३ गोल भयो ।

सान्चेजले ५४औं र ६२औं मिनेटमा गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाएका थिए । घरेलु टोली पार्माका लागि हेर्नानीले ७१औं मिनेटमा एक गोल फर्काए ।

जितपछि इन्टरको २५ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट एसी मिलानको ५३ अंक छ ।

हारपछि २५ खेलबाट १५ अंक रहेको पार्मा पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment