Comments Add Comment

झापा नआउने भए प्रधानमन्त्री, विर्तामोडको सभा स्थगित

२१ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।

नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।

प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका थियो । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।

सहिदको सम्झनामा अर्जुनधारा नगरपालिकामा सालिकसहितको पार्क निर्माण गरिएको छ । प्रधानमन्त्री नआउने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुन जानेछन् ।

एक सातामा प्रधानमन्त्री ओली दुई पटक झापा आइसकेका थिए । तेस्रो पटक आउने कार्यक्रम भने स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment