+

काठमाडौं मेयर ११ को कप्तानी सन्दीपले गर्ने

२०७७ फागुन  २१ गते १३:३९ २०७७ फागुन २१ गते १३:३९
काठमाडौं मेयर ११ को कप्तानी सन्दीपले गर्ने

२१ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् ।

पाकिस्तानमा रहेका उनी नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ । र, नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए ।

शनिबार सुरु हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, वागमती प्रदेश र काठमाडौं मेयर ११ क्लबले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।

म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५/२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले जनाएको छ ।

क्रिकेट सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय