+
+
Shares

म्यानमारका पाँच टेलिभिजनमा युट्युबको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १४:५३
Photo Credit : REUTERS

२१ फागुन, काठमाडौं । युट्युबले म्यानमारका पाँच टेलिभिजन च्यानललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि उत्पन्न भएको संकटको बीचमा युट्युबले पाँच टेलिभिजन च्यानललाई हटाएको हो ।

युट्युबकी प्रवक्ताले युट्युबको सामुदायिक मापदण्ड र कानुन पालना नगरेका कारण केही च्यानलहरु र उनीहरुको भिडियो आफ्नो प्लेटफर्मबाट हटाइएको बताएकी छन् । उनका अनुसार अहिले युट्युबबाट हटाइएका च्यानलमा एमआरटीभीका साथै सेनाले सञ्चालन गर्दै आएको म्यावाडी मिडिया, एमडब्ल्यूडी भेराइटी र एमडब्ल्यूडी म्यानमार छन् ।

म्यानमारमा गत बुधबार भएको प्रदर्शनमा प्रहरी दमनमा ३८ जनाको मृत्यु भएको थियो । अहिलेसम्म म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसअघि सामाजिक सञ्जाल फेसबुकले पनि म्यानमारको सेनासँग सम्बन्धित सबै पेजहरुमा रोक लगाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बिहीबार म्यानमारको सेनाले टिकटकको प्रयोग गर्दै प्रदर्शनकारीहरुलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गरेको थियो । जानकारहरुका अनुसार म्यानमारको सेनाले फेसबुकमा प्रतिबन्ध लागेसँगै अन्य प्लेटफर्महरुको प्रयोग गर्न थालेको बताएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?