+
+

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १५:४१

२१ फागुन, वीरगञ्ज । बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । बाराको साविक नरही गाविस–९ बेलाही टोल बस्ने जगदिश दास पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ०६३ मंसिर २१ गते साँझ ७ बजे काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहितका ४ जना व्यक्तिहरुले कटुवा बन्दुक देखाई रोकेका थिए । उनीहरुले बसका धनी खोटाङको साविक दिक्तेल गाविस–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए । खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरुले फिरौती मागेका थिए । फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएको भन्दै दाससहित ४ जनाविरुद्ध खत्रीले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

दासलाई शुक्रबार बिहान करैयामाई गाउँपालिका–८ बाट पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘

‘फिरौती रकम नदिए भारतमा लगेर बेचिदिन्छु भनेका रहेछन्, अपहरणकारीको कब्जाबाट भागेर बच्न सफल भएको दाबी उजुरी कर्ताको छ,’ उनले भने, ‘ मानव बेचबिखनबाहेक अन्य ऐनहरु पनि आर्कषित हुने खालको घटना छ । मुद्दा पेस गर्ने सिलसिलामा अन्य कानुन आर्कषित भए ती कुराहरु पनि प्रतिवेदनमा उल्लेख गर्छौं ।’

उनीविरुद्ध मानव बेचबिखन तथा ओसार(नियन्त्रण) ऐन, २०६४ अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरिसकिएको उनको भनाइ छ । मुख्य अभियुक्त दास पक्राउ परेपनि अन्य तीन जना भने फरार छन् । अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?