+
+

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १६:०२

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’

उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

फोर्स होइन, सेफ ल्याण्डिङ हो

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताए । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको भन्दै उनले भने, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’

शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’

एउटा कार्यदिशा बाटो बाटो समातेर हिँडिरहेको अवस्थामा कार्यकर्तालाई मोड्न कठिन हुने भन्दै कतिपय नेतृत्वले त्यस्तो कदम चाल्दा असफल हुने भन्दै ओलीले विप्लव भने सफल भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?