
२१ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।
प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।
योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।
प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो ।
तर सर्वोच्च अदालतले संसद विघटन बदर गरेको बदलिँदो अवस्थामा प्रक्रियागत रुपमा फेरि संसदीय दलको नेता चयन गरेको यो समूहको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4