
२१ फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् ।
रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् ।
उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4