+

एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

२०७७ फागुन  २१ गते १९:५२ २०७७ फागुन २१ गते १९:५२
एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

२१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो ।

प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ ।

प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । किर्गिस्तानको टिम भने यू२३ टिम हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ । प्रतियोगितालाई फिफाले मान्यता दिने एन्फाले जनाएको छ ।

विश्वकप छनोट अन्तर्गत खेल स्थगित भएपछि एन्फाले त्यो समयमा थ्री नेसन्स कप गर्ने निर्णय गरेको हो ।

मार्च ३० मा दशरथ रंगशालमा नेपालले अस्ट्रेलियासँग खेल्ने खेल स्थगित भएको छ । त्यसअघि मार्च २५ मा चाइनिज ताइपेईसँग खेल्ने भनिएको खेल पनि स्थगित भएको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय