+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ: वरिष्ठ उपाध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ११:३९

२३ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा सम्बोधन गर्दै ढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड–१९को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वाताबरण तयार भएको बताए ।

बैंक तथा व्यवसायीहरु बीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गाली गरेर बस्ने अवस्था नरहेको बताए ।

“अहिले बैंकको व्याजदर र आधार दर सिङ्गल डिजिटमा झरेकोछ। स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ। अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गति विधिहरूलाई बढाउनुपर्ने बेला आएको छ,” उनले भने।

मुलुकभित्र लगानीमैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने बताए ।

उनले निर्वाचनपछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,” उनले भने ।

उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए ।

ढकालले आज सुरु भएको काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताए ।

उनले जिल्ला/नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरूसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?